देउवा र कोइरालाबीच आजै चुनावको तयारी



नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ । सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए । मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  १० : २० बजे