साना साना योजनामा कमिसन खान्छन् कर्मचारी: माधव नेपाल



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेको आरोप लगाएका छन् । सुनसरीस्थित इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणको काम गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेको आरोप लगाएका हुन् ।

सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए । उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्‍यो भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’

 

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  १ : ५४ बजे