नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत भएको निर्बाचनको मतगणणा आज बुधबारबाट पुन: सुरु भएको छ । सुरुको क्रममा उपसभापतिको मतगणना पछि मात्रै महामन्त्री तथा अन्य पधाधिकारीको मतगणना हुने कांग्रेस निर्वाचन समितिका सचिब केसब रिजालले जानकारी दिएका छन्।आज शुरु हुने उपसभापतिको मतगणणा सकेर भोलिबाट महामन्त्री तथा अन्य पधाधिकारीको मतगणना हुने उनले जानकारी दिए ।
नेपाली कांग्रेस १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा पाँच जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिलई अन्य पदाधिकारीको मतगणनाको बाटो खुलेको छ।
नेपाली कांग्रेस १४औँ महाधिवेशनमा १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।








