कांग्रेस महोत्तरीका अनसनरत नेता नेपालीले उपसभापति गुरुङकोउपस्थितिमा अनसन तोड्दै



नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीले केहिबेरमा अनसन तोड्ने भएका छन् ।कांग्रेसका उपसभापति धनराज गुरुङको उपस्थितिमा दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।

ञअनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएको छ त्यसैले भोकहडताल अहिले केहीबेरमा तोड्दै छौं,ु नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।

नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।

अहिले केहीबेरमा नै कांग्रेस उपसभापति धनराज गुरुङ पार्टी कार्यालयमा आएर नेता नेपालीको अनसन तोड्ने नेपाली कांग्रेस महोत्तरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : पुस २२, २०७८ बिहिबार  ६ : ३९ बजे