ब्याडमिन्टनमा विश्ववरीयताको शीर्ष स्थानमा पर्न सफल दाहाललाई प्रधानमन्त्री देउवाको बधाई



प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टनको जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा पर्न सफल खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् ।

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् ।

‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् ।

प्रकाशित मिति : पुस २९, २०७८ बिहिबार  १ : ३५ बजे