एमालेले गरेको संसद अवरोधका कारण समयमा निर्वाचन नहुने खतरा : नैनसिंह महर



नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नेकपा एमालेले गरेको संसद अवरुद्धका कारण समयमा निर्वाचन नहुने खतरा रहेको औल्याएका छन् ।महरले संसद अवरुद्ध निर्बाचनका लागि चाहिने आवश्यक नियम कानुन निर्माणमा ढिलो भएर समयमा निर्बाचन नहुने खतरा रहेको भन्दै सामाजिक सञ्जाल मार्फत चिन्ता प्रकट गरेका हुन् ।

उनले भनेका छन, “नेकपा एमालेको गैह्र लोकतान्त्रिक चरित्रका कारण संसद अवरुद्ध हुदा निर्वाचनका लागि चाहिने आवश्यक नियम कानुन निर्माणमा ढिलो भएर निर्वाचन आयोगले प्रस्ताव गरेको समय तालिका प्रभावित हुनेहोकि भन्ने चिन्ता चाँही काँग्रेसको हो ।”

महरले कांग्रेस संस्कारलेनै लोकतान्त्रिक पार्टी भएकोले यो वा त्यो वहानामा अमुक व्यक्ति र पार्टीको हितलाई ध्यानमा राखेर संविधानले व्यवस्था गरे भन्दा बाहिर जान नसक्ने पनि स्पस्ट पारेका छन् ।

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  १२ : ३५ बजे