निर्वाचन आयोगले राजसंस्था र हिन्दू राष्ट्र विधानबाट हटाउन निर्देशन दिएपछि निर्देशनउपर छलफल गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताए।
हिजो मात्रै आयोगले राप्रपाको आधारभूत मान्यता राजसंस्था र हिन्दू राष्ट्र विधानबाट हटाउन निर्देशन दिएको थियो। आयोगले राप्रपालाइ विधानमा उल्लेख भएको राजसंस्था र हिन्दू राष्ट्र भन्ने शब्द सात दिनभित्र झिकेर ल्याउन भनेको छ।








