नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।
हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती पनि फर्किएकी छन् ।
बैंकक र चीनमा उपचारको करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् ।क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।
नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।








