वामदेव गौतम दम्पतीलाई कोरोना



नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन् ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  १२ : ०८ बजे