राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको बिज्ञप्तिमा जनाइएको छ।
शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।









