आलटाल नगरी एमसीसी पारित गरौं, गठबन्धन नटुटोस् : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई



पूर्वप्रधानमन्त्री एबम सत्ता साझेदार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।उनले सामाजिक सन्जाल ट्विटरमार्फत सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊँ१ यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घॉटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्१ शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्

एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले थप लेखेका छन्– देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ११ : ०८ बजे