कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शाहसगै कृष्णनगर नगरपालिकाका ३ वडाका अध्यक्षसहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सासंद अभिषेकप्रताव शाह, अतहर कमाल, जिल्ला सभापति अब्दुल कलाम लगायतलेले स्वागत गरेका थिए ।
नेपाली कांग्रेस लोकतान्त्रिक र समाबेसी पार्टी भएको ठहर गर्दै आफू कांग्रेस प्रवेश गरेको नगरप्रमख शाहले बताए।








