नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्।
सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्रीमा पराजित भएका थिए।








