नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेपछि भएको कोइराला ओली भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट भएको कोइराला निकट स्रोतले बताइएको छ ।कोइरालाबीच भेटवार्ता भइरहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन ।








