नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा . शशांक कोइरालाले निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्नु नहुने बताएका छन् । बिहीबार पार्टीको कार्यसम्पादन समिति बैठकबाट बाहिरिँदै पूर्वमहामन्त्री कोइरालाले आफूले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा आजको बैठकमा धारणा राखेको जानकारी दिए। निर्वाचनमा कांग्रेसलाई भोट हाल्न चाहनेहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्न नहुने उनले बताए ।
“गठबन्धनका विषयमा मैले नै कुरा राखेको छु । हामीले हाम्रो अस्तित्व जोगाउनुपर्छ र कसैसँग नमिलेर चुनावमा जानुपर्छ भनेको छु,” उनले भने, ।बैठकमा बोल्ने धेरैजनाले निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्नु नहुने धारणा राखेको पनि उनले जानकारी दिए ।
सभापती देउबा आउदो चुनाबमा गठबन्धन गर्नेपर्ने पक्षमा रहेका भएपनी कांग्रेसका धेरै नेता कार्यकर्ता चुनाबी गठबन्धनको पक्षमा देखिदैनन भने कार्यसम्पादन समितिको बैठकमा पनि चुनाबी गठबन्धन बिरोधी माहोल बनेपाछी अब कांग्रेस एक्लाई चुनाबमा जाने सम्भाबना बढेको देखिन्छ ।
यदी सभापती देउबाले पेलेर निर्णय लिइहाले भने पनी उनलाई निर्णय कार्यन्वयन गाराउन निकै ठुलो चुनौती रहेको कांग्रेसका एक नेताले बताए ।अघिल्लो स्थानिय निर्बाचनमा पनि देउबाले माओबादीसग चुनाबी गठबन्धन गर्ने निर्णय लिदा पार्टी भित्र निकै ठुलो आलोचना खेप्नु परेको थियो ।
तेस्तै आजको बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा ब्रिफिङ गरिदिन पूर्वअर्थमन्त्रीसमेत रहेका नेता डा. रामशरण महतलाई आग्रह गरेका थिए ।देउबाको आग्रहपछी बैठकमा डा . रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए।
महतले एमसीसी स्वीकार गरेर जानुपर्ने निष्कर्ष सुनाएपछि कांग्रेसले एमसीसी अनुमोदन गर्ने निर्णयसगै एमसीसी अनुमोदन प्रकृया थाल्ने समेत कांग्रेसका एक नेताले बताए








