नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्नु नहुने बताएका छन् । बिहीबार पार्टीको कार्यसम्पादन समिति बैठकबाट बाहिरिँदै पूर्वमहामन्त्री कोइरालाले आफूले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा आजको बैठकमा धारणा राखेको जानकारी दिए। निर्वाचनमा कांग्रेसलाई भोट हाल्न चाहनेहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्न नहुने उनले बताए ।
“गठबन्धनका विषयमा मैले नै कुरा राखेको छु । हामीले हाम्रो अस्तित्व जोगाउनुपर्छ र कसैसँग नमिलेर चुनावमा जानुपर्छ भनेको छु,” उनले भने, ।बैठकमा बोल्ने धेरैजनाले निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्नु नहुने धारणा राखेको पनि उनले जानकारी दिए ।








