नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी जिल्लाहरूको अधिवेशन फागुन १५ गते हुने भएको छ । बिहीबार बिज्ञप्ती जारी गर्दै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय सार्बजनिक गरेको हो।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वको अनुरोध बमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको निर्वाचन समितिले जनाएको हो ।कांग्रेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन हुन बाकी छ ।
१६ जिल्लाबाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका निर्वाचन भने फागुन १० भित्र गरिसक्ने समितिले जानकारी दिएको छ ।









