धरानमा जसपा नेतासहित ४१ जना कांग्रेसमा प्रवेश ,जनतामा कांग्रेसको आकर्षण बढ्दै गएको नेताहरुको दाबी



पछिल्लो समय नेपाली कांग्रेसप्रतिको आकर्षण बढेको पाइएको छ । सरकारले स्थानिय चुनाबको मिती तोकेसँगै देशैभरिका बिभिन्न कार्यक्रमहरुमा बढेको कांग्रेस प्रबेशको लहरले कांग्रेसप्रतिको आकर्षण बढेको देखिएको हो ।

यसैबिच धरानमा अन्य पार्टिका ४१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।धरान कांग्रेस १६ नं . वडा समितिले मङ्गलवार आयोजना गरेको कार्यक्रममा जसपा धरानका नगर सदस्य अरुण लिम्बुसहित ४१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।नबप्रबेशिहरुलाई कांग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नगर सभापति श्याम पोख्रेललगायतले खादा र अबिरले पार्टिमा स्वागत गरे ।

कार्यक्रमका बक्ताहरुले नेपालका कम्युनिष्ट पार्टिहरुले अस्थिरता, संस्थागत र नाङ्गो भ्रष्टाचार, चरम सत्तालिप्सा,असन्तुलित र अमर्यादित कुटनिती अँगालेर  देशलाई असफल बनाउन लागेकोले कम्युनिष्ट पार्टिहरुप्रती नेपाली जनताको भरोसा सकिदै गएको दाबी गरे ।

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ८ : ५७ बजे