जिल्ला अधिबेशन हुन बाकी १६ जिल्ला मध्य १० जिल्लाको नेपाली कांग्रेसको जिल्ला अधिवेशन फेरि सरेको छ । फागुन १५ गतेदेखि हुने भनिएको १० वटा जिल्लाको अधिवेशन फागुन २० गते हुने बुधवार सुचना जारी गरेर कांग्रेसले जनाएको छ ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।








