“सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र“ नेपाल स्टक एक्स्चेंजमा सुचिकृत



सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छो ।

सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंजका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरे ।

उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३०,००,००० कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछ भने डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार  ९ : १९ बजे