डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग



काठमाडौं, ३ असोज अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।

संघका महासचिव डा। बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।

संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ डा. केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सातबुँदे माग राख्दै डा. केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ७ : २१ बजे