काठमाडौं फागुन, १२–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । ‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री…