काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरुको अधिक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छिन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा यही किसिमका भब्य कोटिहोम सबै प्रदेशमा आयोजना भएमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन सक्ने धारणा राखिन् ।…