काठमाडौं । महाशिवरात्री नजिकिएसँगै भारतसँगै नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौँ आउन थालेका छन् । पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।