प्रधानमन्त्री ओलीको विश्लेषणः ‘मलाई मिसन पत्रकारिताले पेल्यो’

काठमाडौं असार, ३१– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोख्नुभएको हो ।…