सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए…