काठमाडौं - मंगलबार निधन भएका पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको बुधबार दिउँसो ३ बजे पशुपति क्षेत्रमा रहेको विद्युतीय शब दाह गृहमा दाह संस्कार गरिने भएके छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा उनको ९३ वर्षको उमेरमा निधन भएको हो । अन्तिम अवस्थामा पुगेपछि उनलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालबाट घरमा ल्याइएको थियो । सोही क्रममै उनको निधन…