छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित र विश्वासयुक्त बनाउन, भारत भ्रमण: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा आफ्नो आशन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको…