काठमाडौं । नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए । उनले भने,‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भू–राजनीति तनाब र कतिपय देशको कठोर व्यापार नीतिको कारण अनिश्चितता बढेको छ । तथापी विश्व मुद्रास्फीतिमा…