मंगलबार सामान्य अंकले बढ्यो सेयर बजार, ७ अर्ब २४ करोडको कारोबार

काठमाडौँ– ५ दिनसम्म लगातार ओरालो लागेको नेप्से मंगलबार सामान्य अंकले बढेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको छ। २७६३ को बिन्दु चुमेर ओरालो लागेको नेप्सेले ५ दिनपछि बढ्दा पनि २७०० अंकसम्म पुग्न सकेन। मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता सेयर किनेबच हुँदा ७ अर्ब…