काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।