निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

काठमाडौं, जेठ १४ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटबाट गुज्रिरहेको अवस्था प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । यस विषम परिस्थितिमा निर्माण व्यवसायीहरूले भोग्नुपरेको चरम आर्थिक तथा मानसिक दबाबप्रति महासंघले ऐक्यवद्धता जनाएको…