काठमाडौं ।स्थानिया बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएर बुधबारको रेकर्ड तोडेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार…