२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । व्यवसायी गोल्छालाई गत ११ वैशाखमा सिआइबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका पक्राउ गरि काठमाडौं जिल्ला अदालतको अनुमति लिएर थुनामा राख्दै आएको थियो ।…