बाँके । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जमा करिब १५ करोड रुपैयाँको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ। युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ। दुईतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन्। विलासी अनुभव खोज्ने पाहुनाका लागि दुई वटा विशेष स्वीट…