अर्थतन्त्रको संकट गहिरिएर देश गम्भीर अवस्थातिर जाँदैछ : एमाले अध्यक्ष ओली

काठमाडौं, १६ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्रमा देखिएको संकट गहिरिँदै गएकाले देश गम्भीर संकटतर्फ जाने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका ओलीले नेपालको अर्थतन्त्रको संकट झनझन् गहिरिँदै गएको तर सरकार प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अर्थतन्त्रको सुधारमा भन्दा सुन तस्करी, चोरी निकासी, भ्रष्टाचार तथा गठबन्धनका अभियन्ताहरुको अपराध ढाकछोप,…