काठमाडौं, चैत २१ । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारण सभामा त्रिपक्षीय भिडन्त हुने भएको छ । चैत २८ र २९ गते हुने महासंघको ५७औं साधारण सभामा तीनवटा समूह निर्वाचनमा उत्रिएकाले त्रिपक्षीय भिडन्त हुन लागेको हो । उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन्…