उदयपुरको कटारी नगरपालिका क्षेत्रमा स्थानीयवासीको माग सम्बोधन भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित स्थानीयवासीले एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा स्थानीयवासीले गर्दै आएको आन्दोलन सरोकारवाला निकायले सम्बोधन गरेपछि लामो समय रोकिएको निर्माण कार्य धमाधम भइरहेको…