चम्कियो अल्लो कपडाको व्यापार: दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

  प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो सिस्नोको प्रजातिको कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् । खिमबहादुर र उनकी श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त देखिन्छन् । एमालेको महाधिवेशनलाई उनीहरूले राम्रो मौकाका रूपमा लिए ।…