काठमाडौँ । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भने, “अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा सकिंदैन” । भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो । विसं २०७१ फागुन २२ गते…