ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका परासी, मोरङको विराटनगर महानगरपालिका, झापाको भद्रपुर नगरपालिकामा नयाँ तीन वटा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले…