ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

आफूहरुलाई रु दश लाख दिएमा रु साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुर्इ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा जिल्लाको आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया तथा दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२…