लकडाउन : हिमाली जिल्ला सोलुखुम्बुका नागरिक उत्पादनमा व्यस्त

लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ । विगत दुई वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएका महाकुलुङ गाउँपालिका पेल्माङका सुरेश कुलुङ अहिले गाउँघरमै भेटिनुहुन्छ । उहाँ यतिबेला गफ गर्नेसम्म फुर्सद नभएको बताउछन ।राजधानी…