जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागार्इं खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ…