३८ लाख ग्राहकहरुलाई प्राधिकरणले चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने

नेपाल विद्युत प्राधिकरणले ३८ लाख घरायसी ग्राहकहरिलाई चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्राधिकरणले १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको…