काठमाडौं फागुन, २०– प्रहरीले शिक्षकहरुको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । सोमबार राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको हो । शिक्षकहरुले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो । प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् ।…