काठमाडौं फागुन, २०–
प्रहरीले शिक्षकहरुको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । सोमबार राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको हो ।
शिक्षकहरुले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो ।
प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् । प्रहरीले आइतबार पनि शिक्षकमाथि पानीको फोहोरा हानेको थियो ।