मानव तस्करीमा संलग्न सूर्य कर्पोरेसनसँग दुबईमा अवार्ड गर्ने चलचित्र विकास बोर्डको सम्झौता

काठमाडौँ, १५ पुस । चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’का लागि बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता भएको छ । बिहीवार बोर्डले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको ब्यवस्थापन कर्पोरेसनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेसनका सिईओ बासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो…