आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । अभिनेता अर्पण थापाले कोरोना महामारी पश्चात फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउन चुनौती रहेको बताए…