अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७ (अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप चैत्र २७ गते…